पीपला : सशस्त्र द्वन्द्वमाथि घनघाेर प्रश्न

काठमाडौं, २ असार ।

पत्रकार एवं साहित्यकार विमल नेपालको पहिलो उपन्यास ‘पीपला’ सार्वजनिक भएको छ ।

शनिबार नेपाल प्रज्ञाप्रतिष्ठानको लेखनाथ कक्षमा पुस्तक लाेकार्पण गरिएकाे हाे ।

इन्डिगो इन्कले प्रकाशन गरेको उपन्यासलाई साहित्यकार नयनराज पाण्डे, राजकुमार बानियाँ, ज्ञानु अधिकारी र लेखककी आमाले संयुक्त रूपमा विमोचन गरे ।
उपन्यासमाथि टिप्पणी गर्दै उनीहरूले सरल भाषामा उत्कृष्ठ बिम्बकाे प्रयाेगले पुस्तक अब्बल रहेकाे बताए ।

लेखकले उपन्यासमा तत्कालीन नेकपा माओवादीले गरेको १० वर्षे जनयुद्धताकाको परिवेशलाई समेटेका छन् । लेखक विमलले सशस्त्र द्वन्द्वमाथि घनघाेर प्रश्न पुस्तकले गरेकाे बताए । उपन्यासमार्फत लेखकले जनयुद्ध के का लागि भन्ने प्रश्न समेत गरेका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट