भरतपुर, २ असार ।
नेपाल परिवार नियोजन संघ चितवन शाखा तथा स्वास्थ्य कार्यालय चितववनसँगको सहकार्यमा तथा स्थानीय सस्था नवदुर्गा भवानी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले स्वास्थ्य शिविर गरेको छ ।
भरतपुर महानगरपालिका- ५ कैलाशनगरमा जेठ ३२ गतेदेखि नवदुर्गा भवानी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सेयर सदस्य ३० वर्ष उमेर पुगेका महिला/पुरूष सेवाग्राहीहरुका लागि नसर्ने रोगको स्क्रीनिंग जाँच अन्तर्गत निःशुल्क रुपमा ब्लड सुगर, पिसाव (एल्वुमिन), रक्तचाप तथा बिएम्आई सेवा प्रदान गरिएको संस्थाका सचिव नीलकण्ठ पौडेलले बताए ।
निःशुल्क रूपमा गरिएको शिविरमा बिहीबार र शुक्रबार गरी ३२३ जनालाई सेवा प्रदान गरिएको छ । शिविर आज शनिबार सकिँदैछ ।





