भरतपुर, १ असार ।
नेपाल संस्कृत विश्वविद्यालयको पाँचौ दीक्षान्त समारोहमा महेश संस्कृत गुरुकुल विद्यापीठका छात्रहरूले आचार्य तथा शास्त्री तहमा सर्वोत्कृष्ट स्थान प्राप्त गर्न सफल भएका छन् ।
आचार्य तह २०६८ मा महेश्वर भण्डारीले पं. हरिनाथ ढुङ्गेल पदक, आचार्य तह २०६९ मा डिल्लीप्रसाद दाहालले पं. हरिनाथ ढुङ्गेल पदक, आचार्य तह २०७१ मा दीपककुमार सिग्देलले पं.हरिनाथ ढुङ्गेल पदक, आचार्य तह २०७२ मा पर्वतराज घिमिरेले पं. हरिनाथ ढुङ्गेल पदक, आचार्य तह २०७४ मा कुमार खतिवडा कुलपति पदक, महर्षि काश्यप पदक र लीलाबल्लभ पन्त पदक, शास्त्री तह २०६८ मा महादेव पराजुलीले उपकुलपति पदक र ब्रह्मर्षि वशिष्ठ पदक, शास्त्री तह २०६९ मा अर्जुन ढकालले उपकुलपति पदक र ब्रह्मर्षि वशिष्ठ पदक, शास्त्री तह २०७० मा पर्वतराज घिमिरेले उपकुलपति पदक र ब्रह्मर्षि वशिष्ठ पदक, शास्त्री तह २०७२ मा कुमार खतिवडाले उपकुलपति पदक र ब्रह्मर्षि वशिष्ठ पदक र शास्त्री तह २०७६ मा पूजक बास्कोटाले उपकुलपति पदक र ब्रह्मर्षि वशिष्ठ पदक प्राप्त गरेका छन् ।
नेपाल संस्कृत विश्वविद्यालयबाट सम्बन्धन प्राप्त महेश संस्कृत गुरुकुल विद्यापीठ नेपालको सबैभन्दा उत्कृष्ट विद्यापीठ हो ।





