जेठ महिनामा २६ हजारले चढे मौलाकाली केबलकार

गैंडाकोट, ३२ जेठ ।
जेठ महिनामा मौलाकाली केबलकारमार्फत २६ हजार भक्तजनले मौलाकालिका मन्दिरको दर्शन गरेका छन् । मौलाकाली केबलकार प्रालिका अनुसार जेठ १ गतेदेखि ३२ गतेसम्म २६ हजारले मौलाकाली केबलकार चढेका हुन् ।

मौलाकाली केबलकार प्रालिका म्यानेजर सुरज पौडेलका अनुसार केबलकारमार्फत दैनिक ८०० जनाले यात्रा गरेका छन् । नयाँ वर्षको अवसरमा वैशाख १ गतेदेखि सुरु गरिएको मौलाकाली केबलकारमा दैनिक जस्तो दर्शनार्थीहरुको उपस्थिति बढ्दो क्रममा रहेको उनले बताए ।

बिहान ६ बजेदेखि सञ्चालन हुँदै आएको मौलाकाली केबलकारले साँझ ६ वबजेसम्म सेवा दिँदै आएको छ । वैशाख १८ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेसँगै मौलाकाली केबलकार औपचारिक रुपमा सञ्चालनमा आएको हो । यो केबलकार एक हजार दुई सय मिटर लम्बाइको छ । यहाँ कुल १४ डब्बा छन् । एउटा डब्बामा एकपटकमा आठ जना यात्रु बस्न मिल्छ । फेदीबाट केबलकार चढेपछि चार मिनेटमा मन्दिर नजिकैको स्टेसनमा पुगिन्छ। त्यहाँबाट करिब ५ मिनेट हिँडेपछि मौलाकालिका मन्दिर पुगिन्छ ।

केबलकारमा दुइतर्फी मूल्य (आउन र जान) रु ५५० कायम गरिएको छ । केबलकारले ३ देखि ४ फिटसम्मका बच्चाबच्चीहरुको लागि रु ३३०, विद्यार्थीहरुको लागि रु ४१५ ज्येष्ठ नागरिकहरुको लागि रु ४१५ र फरक क्षमता भएकाहरूका लागि रु २७५ को टिकट दर कायम गरेको छ ।

मौलाकाली केबलकारले ८० वर्षमाथिका बृद्धबृद्धा र ३ फिटभन्दा तलका बच्चाबच्चीहरुको लागि निःशुल्क सेवा दिएकाे छ ।

मौलाकाली केबलकारको टिकट प्राप्त गर्नका लागि सर्वसाधारण यात्रुहरुले मोबाइल एप्लीकेशनमा आईएमइ पे डाउनलोड गरि सोहि एप मार्फत टिकट काट्न सक्नेछन् भने केबलकारको कार्यालय तथा आइएमई पेका आधिकारिक एजेन्टहरुमार्फत समेत टिकट प्राप्त गर्न सक्नेछन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट