काठमाडौँ, ३२ जेठ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले रामपुर क्याम्पसमा लागेको तालाबारे संसदमा प्रश्न उठाएका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले चितवनस्थित रामपुर क्याम्पसमा लागेको ताला आफ्नो पार्टीका अध्यक्षले खोल्न जानुपर्ने हो भन्दै प्रश्न गरेका छन् ।
उनले रामपुर क्याम्पसमा विगत ६ महिनादेखि ताला लागेकोप्रति ध्यानाकर्षण गराए । विश्वविद्यालयमा अराजकता बढाउन सत्तारुढ दलका कार्यकर्ताको संलग्नता रहेको बताउँदै उनले भने, ‘विश्वविद्यालयहरूको यो हालत बनाउन सत्तारुढ दलका कार्यकर्ताको हात छ ।’
प्रतिनिधिसभामा आज बिहीबारदेखि आगामी आर्थिक वर्षका लागि विनियोजित बजेटउपर मन्त्रालयगत छलफल सुरु भएको छ ।





