नारायणगढका व्यवसायीलाई घरभाडामा बीस प्रतिशत छुट

भरतपुर, ३१ जेठ ।
उद्योग वाणिज्य संघ चितवनले आफ्नो व्यावसायिक भवनमा बहालमा रहेका व्यवसायीलाई घरभाडामा छुट दिने भएको छ । उद्योग वाणिज्य संघ–चितवनकोे बुधवार बसेको नियमित बैठकले संघको नाममा शहिदचोकमा रहेका व्यावसायिक भवनमा बहालमा लिई व्यवसाय गर्ने व्यवसायीलाई २० प्रतिशत भाडा छुट दिने निर्णय गरेको हो ।

आर्थिक जटिलताका कारण व्यवसायी आर्थिक समस्यामा परेकोले उद्योग वाणिज्य संघ चितवनले घरभाडामा लगाउने घरधनीलाई आफ्नो अनुकलता अनुसार घरभाडामा छुट दिन अपिल समेत गरेको छ । देशमा व्यापक चरम आर्थिक मन्दिका कारण व्यवसायिक गतिविधिमा ह्रास आएको र व्यावसायीहरु घरभाडासमेत तिर्न नसक्ने अवस्थामा पुगेको संघले जनाएको छ ।

कोभिड १९ र त्यसपछि सिर्जना भएको व्यवसायिक जटिलता, बैंकको व्याज वृद्धि जस्ता समस्याहरूको सामना गर्दै आएका उद्योगी व्यवसायीहरू अहिले चरम आर्थिक मन्दीमा परेका कारण व्यवसायीलाई छुट दिने काम आफैबाट शुरु गरिएको संघका अध्यक्ष चुननारायण श्रेष्ठले बताए । उनले वर्तमान अवस्थालाई मध्यनजर गरी अरू घर धनीहरुले कम्तिमा यो अवस्था सहज नहुँदासम्मका लागि घर भाडामा केही प्रतिशत छुट दिन अनुरोध गरे । घरबहाल सम्झौता बमोजिम यस वर्ष घरबहालमा बृद्धि गर्ने समय आएका घरधनीहरुले यो समयमा घरभाडामा बृद्धि नगरी राहत प्रदान गर्नसमेत संघले अपिल गरेको छ । संघको मातहतमा रहेको व्यावसायिक भवनमा व्यवसाय गरिरहेका व्यवसायीलाई सम्झौता बमोजिम यस वर्ष बृद्धि हुने बहाल रकम समेत छुट दिएको अध्यक्ष श्रेष्ठले बताए ।

केही दिन अघि मात्र घरबहाल उपभोक्ता मञ्च चितवनले घरभाडा छुट दिन घरबेटी र छुट गराएर मात्र भाडा तिर्न व्यवसायीलाई आह्वान गरेको थियो । विभिन्न व्यावसायिक संघ सस्थाको समर्थनमा मञ्चले दबाबमुलक कार्यक्रम समेत गरिरहेको छ । मञ्चका अध्यक्ष ख्यामनारायण पराजुलीले आर्थिक मन्दीका कारण व्यवसाय धराशायी बनेको भन्दै घरभाडा छुट नभएसम्म व्यवसाय टिकाउन नसकिने अवस्था आएको बताए । उनले मञ्चले गरेको आग्रह अनुसार उद्योग वाणिज्य संघबाटै घरभाडा छुटको सुरुवात हुनु सकरात्मक भएको बताए । पराजुलीले उद्योग वाणिज्य संघले व्यवसायीको हितका लागि काम गरेकोमा धन्यवाद पनि दिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट