भरतपुर, ३१ जेठ ।
नेपाली राष्ट्रिय क्रिकेट टिमका स्पिनर सन्दीप लामिछाने र मध्य क्रमका ब्याटिङ अलराउन्डर दीपेन्द्रसिंह ऐरीले ग्लोबल टी-२० क्यानडा खेल्ने भएका छन् ।
मंगलबार ग्लोबल टी-२० ले सार्वजनिक गरेको सबै टिमका खेलाडीहरूको नाममा सन्दीपले सुर्रे जागुराज र दीपेन्द्रले मोन्ट्रेल टाइगर्सबाट खेल्ने पक्का गरेको हो ।
जुलाई २० देखि ६ अगस्टसम्म आयोजना हुने प्रतियोगितामा ब्राम्प्टन वुल्भ्स, भानकोउभर नाइट्स, टोरोन्टो नेस्नल्स, विनिपेग हावक्स, मोनट्रेल टाइगर्स, सुर्रे जागुसाजगरी ६ टिमको सहभागिता रहेको छ ।
सन्दीप र दीपेन्द्र यतिबेला विश्वकप छनोटका लागि जिम्बावेमा छन् ।





