साउदीद्वारा शैक्षिक योग्यताको प्रमाणपत्र माग्ने निर्णय तत्कालका लागि स्थगन

भरतपुर, ३० जेठ ।

साउदी अरेवियाले साधारण काममा जाने कामदारसँग पनि शैक्षिक योग्यताको प्रमाणपत्र माग्ने निर्णय तत्कालका लागि स्थगन गरेको छ । काठमाडौंस्थित साउदी दुतावासले गत आइतबार एक सूचना जारी गर्दै हिजोदेखि प्रमाणित शैक्षिक योग्यता भएकालाई मात्रै भिसा जारी गर्ने जनाएको थियो । साउदी सरकारको सो निर्णयले कामदारलाई सास्ती दिने र कामदार पठाउने प्रक्रिया झन्झटिलो बन्ने भन्दै व्यवसायीले विरोध गरेका थिए । निर्णय फिर्ता नलिए कामदार पठाउने प्रक्रिया रोक्ने उनीहरुले चेतावनी समेत दिएका थिए ।

क्षमता र सीप अनुसार कामदारको छनोट भईसकेपछि भिसा लगाउने बेला शैक्षिक प्रमाणपत्र खोज्ने कार्य अनावश्यक दुख दिने काम मात्रै भएको व्यवसायीको भनाइ छ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले साउदी दुतावासले शैक्षिक प्रमाणपत्र नचाहिने पहिलाकै नीतिलाई निरन्तरता दिएको जनाए ।

अदक्ष कामदारको शैक्षिक प्रमाणपत्र माग गरेको विषयबारे साउदी सरकारले औपचारिक रुपमा नेपाल सरकारलाई जानकारी दिएको थिएन । भिसा प्रमाणीकरण र स्वास्थ्य परीक्षणको विषयमा पनि आधिकारिक जानकारी दिने गरेको छैन् ।

साउदीले १२ वटा मेडिकलबाट मात्रै कामदारको स्वास्थ्य परीक्षण गर्दै आएको छ । त्यसबारे पनि नेपाल सरकारलाई औपचारिक जानकारी दिइएको छैन । गत आर्थिक वर्षमा मात्रै १ लाख २५ हजार २ सय ३७ जना साउदी गएका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट