रत्ननगरका विद्यालयमा मंगलबारदेखि पठनपाठन हुने, कक्षा तीन सम्मका विद्यार्थीलाई भने घरमै सिकाइको व्यवस्था

रत्ननगर, २९ जेठ ।
गर्मीका कारण पठनपाठन बन्द गरिएका रत्ननगर क्षेत्रका विद्यालयमा मंगलबारदेखि पठनपाठन हुने भएको छ । रत्ननगर नगरपालिकाले कक्षा ४ देखि १० सम्मको कक्षा सञ्चालनका लागि अनुमति दिएको छ । गर्मी बढेसँगै रत्ननगरमा पनि जेठ १८ गतेदेखि विद्यालयमा पठनपाठन स्थगित गरिएको थियो ।

नगर शिक्षा अधिकारी बद्री नारायण शर्माका अनुसार पूर्व प्राथमिकदेखि कक्षा तीन सम्मका विद्यार्थीलाई घरमै बस्न भनिएको छ । `कक्षा ४ देखि कक्षा १० सम्म जेठ ३० गतेदेखि दिवा समयमा कक्षा संचालन गर्न हुन तथा पूर्व प्राथमिकदेखि कक्षा ३ सम्म अर्को सूचना प्रकाशन नहुँदा सम्म प्रत्यक्ष शिक्षण सिकाइका निम्ति विद्यालयमा उपस्थित नगराउनु हुन अनुरोध छ´, सूचनामा भनिएको छ । कक्षा ३ सम्मका विद्यार्थीका निम्ति गृहकार्य एवं परियोजना कार्य पठाउने व्यवस्था गर्न गराउन पनि सूचनामा उल्लेख गरिएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट