गर्मीका कारण भरतपुरका विद्यालयमा जेठ महिनाभर बिदा

भरतपुर, २६ जेठ ।
भरतपुर महानगरपालिकाले विद्यालय बन्दलाई निरन्तरता दिएको छ । गर्मी नघटेपछि थप ४ दिन विद्यालय बन्द गर्ने निर्णय गरेको शुक्रबार सार्वजनिक सूचनामा उल्लेख छ ।

एक सातादेखि बढेको अत्याधिक गर्मीमा कमी नआएपछि विद्यालय थप ४ दिन बन्द गर्ने निर्णय गरेको हो । नगर शिक्षा अधिकारी महेन्द्रप्रसाद पौडेलका अनुसार जेठ ३० गतेसम्म विद्यालयमा बिदा दिने निर्णय भएको जानकारी दिए । यसअघि महानगरले जेठ २१ गतेदेखि २६ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको थियो । साउने वर्षे विदाबाट कटौती हुने गरि विद्यालयमा बिदा दिईएको पौडेलले बताए ।

यस्तै महानगरले विदाको अवधिमा बालबालिकालाई दिउँसो घाममा हिँडडुल गर्न नदिन र नदी पोखरीहरुमा पौडी खेल्न, माछा मार्ने जस्ता कार्यमा संलग्न हुन नदिन आवश्यक सावधानी अपनाउन अभिभावकहरुलाई आग्रह समेत गरेको छ ।

चितवनका इच्छाकामना गाउँपालिका बाहेक सबै पालिकाका विद्यालयमा गर्मी बिदा दिइएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट