रत्ननगर, २६ जेठ ।
रत्ननगर नगरपालिकाको आयोजनामा पत्रकारहरुका लागि क्षमता अभिवृद्धिको २ दिने भाषा सम्पादन तालिम सुरु भएको छ ।
रत्ननगर नगरपालिकाका उपप्रमुख यादव पाठकले शुक्रबार उद्घाटन गर्दै सत्य र तथ्यमा रहेर पत्रकारहरुले समाचार लेख्नुपर्ने बताए ।
प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले पत्रकारहरुको संस्थागत तथा व्यावसायिक विकासकालाई सहयोग गर्न नगरपालिका तयार रहेको बताए । कार्यक्रममा विज्ञ सल्लाहकार रामहरि न्यौपाने, पत्रकार महासंघ चितवनका कोषाध्यक्ष राजेन्द्र आचार्यलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
पूर्विचितवन पत्रकार मञ्चका अध्यक्ष होमनाथ सापकोटा, रत्ननगर नगरपालिकाका प्रेस संयोजक केशव भट्टराई, पूर्विचितवन पत्रकार मञ्चका सचिव ध्रुवराज खनाललगायत २७ जना क्रियाशील पत्रकारहरुको सहभागिता रहेको कार्यक्रममा ईकागजका संस्थापक विमल आचार्य प्रशिक्षकका रूपमा रहेका छन् । तालिम शनिवार सम्पन्न हुनेछ ।





