भरतपुर, १२ चैत ।
गायक मातृका आचार्य र गायिका समीक्षा अधिकारीको स्वरमा `प्रेमको झिरैमा´ बोलको गीत सार्वजनिक भएको छ । गीत गत चैत १ गते पारिजात नेपालको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।
केपी दंगाल `गोकुल´को शब्द रचना रहेको उक्त गीतमा पुरुषोत्तम न्यौपानेको संगीत रहेको छ ।
प्रेम लामाद्वारा निर्देशित गीति भिडियोमा कोरियोग्राफी भने अर्जुन सिलवालको रहेको छ । भिडियोमा रचनाकार दंगाल र स्मारिका ढकालको अभिनय रहेको छ ।
गीत सार्वजनिक भएपछि दर्शक तथा श्रोताले सकारात्मक प्रतिक्रिया दिएको गायक आचार्यले बताए । श्रोता तथा दर्शकको मायाले अझै उत्साह थपेको आचार्यले सुनाए ।
भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस् :





