खुल्यो सञ्जीवनी लोकसेवा केन्द्र

भरतपुर, ९ चैत ।
भरतपुरमा सञ्जीवनी लोकसेवा केन्द्र सञ्चालनमा आएको छ । शिक्षकसेवा तथा लोकसेवा तयारीको लागि कक्षा सञ्चालन गर्ने
उद्देश्यले केन्द्र सञ्चालनमा ल्याइएको सञ्चालक बिपिन पाठकले बताए । लोकसेवा तथा शिक्षकसेवामा प्रवेश गर्न इच्छुकलाई आवश्यक परामर्शसहित तालिम दिइने उनले बताए । भरतपुर-१० स्थित सप्तगण्डकी क्याम्पस गेटमा उक्त केन्द्र सञ्चालनमा आएको हो ।


शुभारम्भ कार्यक्रममा बोल्दै शिक्षासेवी रमाकान्त सापकोटाले लोकसेवा आयोग विश्वासिलो संस्था भएको बताए । `लोकसेवा आयोगको सिद्धान्त अनुसार सबै सरकारी कर्मचारीको नियुक्ति गरिने हुँदा यसको महत्त्व आधिकारिक छ´, सापकोटाले भने – `चितवनमा यो किसिमको तालिम र कक्षा सञ्चालन हुनु आवश्यक थियो । लोकसेवा र शिक्षकसेवामा प्रवेश गर्न चाहनेलाई यस केन्द्रले राम्रोसँग सहजीकरण गर्नेमा विश्वस्त छु ।´

शिक्षासेवीहरू मणिराज महतो, दुर्गाप्रसाद सापकोटालगायतले पनि शुभकामना मन्तव्य राखेका थिए । केन्द्रमा विपिन पाठक र सञ्जय सापकोटा सञ्चालक छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट