भरतपुर, ६ चैत ।
साहित्यकार तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)का निवर्तमान अध्यक्ष प्रकाश पौडेल ‘माइला’को शब्द रहेको ‘साइकलमा’ बोलको गीत सार्वजनिक भएको छ । गीतको म्युजिक भिडियो गायक तथा संगीतकार वसन्त थापाको युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको हो ।
पौडेलको शब्दमा गायक वसन्त थापा र गायिका अस्मिता अधिकारीले स्वर भरेका छन् । गीतमा संगीत संयोजन तथा लय समेत वसन्त थापाकै रहेको छ । म्युजिक भिडियोमा सुधीर श्रेष्ठ र उषा उप्रेतीको अभिनय देख्न सकिन्छ ।
भरतपुर घर भएका पौडेलले चितवन र यस वरपरको झझल्को आउनेगरी गीतमा गाउँले परिवेशलाई सचित्र उभ्याउने कोसिस गरेका छन् । साइकल, मिल, सल, चौलानी, पराल, भर्याङ्ग, कुलो, इनारजस्ता विम्बहरूलाई उनले गाउँले प्रेमसँग जोडेका छन् । म्युजिक भिडियोमा मौसम हिमालीले कोरियोग्राफी तथा निर्देशन गरेका हुन् । भिडियो राजेश घिमिरेले छायांकन गरेका हुन् भने सम्पादन विकास ज्ञवालीले गरेका हुन् ।
भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस्:




