नमूना स्कुलले मनायो अभिभावक दिवस

गैंडाकोट, ३० फागुन ।
गैंडाकोट नमुना बोर्डिङ स्कुलले मंगलवार २८औं वार्षिकोत्सब तथा अभिभावक दिवस मनाएको छ ।

शिक्षा विकास तथा समन्वय इकाई नवलपुरका सभापति रुद्र शर्माको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको हो । कार्यक्रममा बोल्दै शर्माले शिक्षाको संरचना बदलेर शैक्षिक रुपान्तरण गर्न स्थानीय तह र सरकारको नेतृत्वको चिन्तनमा नै परिवर्तन गर्नुपर्ने बताएका छन् । उनले संस्थागत विद्यालयले समेत पछिल्लो समय पाठ्यक्रममा मात्रै जोड नगरी समाज, कला, साहित्य र संस्कृतिलाई समेत उत्तिकै प्राथमिकता दिएकोमा खुशी व्यक्त गरे ।

विद्यालयले आफ्ना विद्यार्थी र अभिभावकबीच गरेको उक्त समारोहमा अध्ययनरत विद्यार्थीहरुले आफ्नो कला संस्कृति र नेपाली खाना/खाजा सहितको स्टल समेत प्रदर्शन गरेका थिए ।

कार्यक्रममा हिसान जिल्ला सचिव हीरालाल अर्यालसँगै राजु राना, निर्मल पाण्डे, शोभा पोख्रेललगायत विशेष अतिथि रहेका थिए । कार्यक्रममा विद्यालय संचालक गोपेन्द्रकेशरी न्यौपानेले आफ्नो विद्यालयका सम्पूर्ण बालबालिकालाई समाबेशी र समानतामा आधारित गुणस्तरीय शिक्षा सुनिश्चित गर्न लागिपर्ने प्रतिबद्धता जनाएका छन् । व्यवस्थापन समिति अध्यक्ष दीपककुमार लम्सालको सभापतित्वमा भएको कार्यक्रमको सहजीकरण शिक्षक धनेश्वर गौतमले गरेका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट