प्रधानमन्त्री प्रचण्डविरुद्ध सर्वाेच्चमा रिट

काठमाडौं, २३ फागुन ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध आज सर्वोच्च अदालतमा रिट दायर भएको छ । कानुन व्यवसायीहरुले उनीविरुद्ध सर्वाेच्चमा रिट दायर गरेका हुन् ।

प्रचण्डले १ माघ २०७३ मा आयोजित एक कार्यक्रममा सशस्त्र द्वन्द्वमा मृत्यु भएकाहरुमध्ये ५ हजारको जिम्मा आफूले दिने अभिव्यक्ति दिएका थिए । टुँडिखेलमा भएको कार्यक्रममा उनले द्वन्द्वकालीन समयमा भएका पाँच हजार हत्याको जिम्मेवारी लिने अभिव्यक्ति दिएसँगै उनी विवादितसमेत बनेका थिए ।

सो अभिव्यक्ति अनुसार उनीमाथि छानबिन हुनुपर्ने माग गर्दै आज सर्वोच्च अदालतमा रिट दायर भएको सर्वाेच्च स्रोतले जनाएको छ ।
ज्ञानेन्द्रराज आरण समेतले रिट दायर गरेका हुन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट