काठमाडौँ, २० फागुन ।
सरकारले दूधको मूल्य प्रतिलिटर १० रुपैयाँले वृद्धि गरेकाे छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले दूधको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाउने निर्णय गरेकाे हाे ।
किसानले पाउने दूधको न्यूनतम मूल्य अब प्रतिलिटर ५६ रुपैयाँ ४० पैसाबाट बढेर ६५ रुपैयाँ ५० पैसा बनाउने निर्णय भएको स्राेतले जनाएकाे छ । यसअघि प्रतिलिटर ५६ रुपैयाँ मूल्य थियो ।




