भरतपुर, १८ फागुन ।
भरतपुर-२३स्थित आशा अनाथालय नेपालले सामाजिक लेखाजोखा कार्यक्रम गरेको छ । संस्थाको कार्यालय परिसरमा बिहीबार कार्यक्रम गरेको हो । कार्यक्रममा संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत गरेका र गर्नुपर्ने कामहरूको पनि चर्चा गरिएको थियो ।
संस्थाका अध्यक्ष खगेन्द्रप्रसाद भेटवालको अध्यक्षतामा गरिएको कार्यक्रममा स्वास्थ्य तथा सामाजिक महाशाखा भरतपुरका प्रमुख शान्ताकुमारी पौडेल प्रमुख अतिथि रहेकी थिइन् । भरतपुर-२३ का वडाध्यक्ष दीपक दवाडी, भरतपुर महानगरकी महिला विकास निरीक्षक निमा खड्का, नेपाली कांग्रेस चितवन क्षेत्र नम्बर ३ का सभापति लालबहादुर दवाडी, भरतपुर २३ स्वास्थ्य चौकी प्रमुख उदय सुनारसहित स्थानीय समाजसेवीलगायतको उपस्थिति थियो ।





