मनोवैज्ञानिक प्राथमिक उपचार आधारभूत तालिम

सौराहा, १४ फागुन ।
नेपाल रेडक्रस सोसाइटी चितवन जिल्ला शाखाको आयोजनामा सञ्चालित मनोवैज्ञानिक प्राथमिक उपचार आधारभूत तालिम सौराहामा सुरु भएको छ ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा चितवनले सञ्चालन गरेको उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल प्रमुख अतिथि रहेका थिए । पौडेलले यस्ता कार्यक्रम गाउँगाउँ र विद्यालयस्तरमा समेत सञ्चालन गर्नु पर्ने बताए । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा चितवनका सभापति हरिप्रसाद पौडेलको अध्यक्षतामा तीनदिने उक्त तालिमको उद्घाटन भएको थियो ।

कार्यक्रममा चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्की, सशस्त्र प्रहरी बल सीमा सुरक्षा प्रमुख प्रहरी उपरीक्षक शशीकुमार पाण्डे, रत्ननगर नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष किरण महतो, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा चितवनका मन्त्री राममणि खनाल, नेपाल रेडक्रस सोसाइटीका कार्यकारी निर्देशक उमेशप्रसाद ढकाल लगायतले मन्तव्य राखेका थिए ।

आइतबारदेखि तीन दिनसम्म सञ्चालन हुने तालिमलाई नेपाल रेडक्रस सोसाइटी अन्तर्गतका शाखाबाट २५ जनाको सहभागीता रहेको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट