नेपाल छापाखाना तथा सम्बद्ध श्रमिक संघको अध्यक्षमा भुषाल

भरतपुर, १४ फागुन ।
नेपाल छापाखाना तथा सम्बद्ध श्रमिक संघ कान्तिपुर पब्लिकेशन लिमिटेड प्रतिष्ठान क्षेत्रीय समिति भरतपुरको अध्यक्षमा पुनः यमकान्त भुषाल चयन भएका छन् ।शनिबार भरतपुरमा भएको अधिवेशनले पुनः भुषालको नेतृत्वमा ९ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा प्रवीणकुमार दत्त, सचिवमा कृष्ण पराजुली, सह–सचिवमा सञ्जीव भुजेल र कोषाध्यक्षमा सन्दीप पौडेल चयन भएका छन् । सदस्यमा उद्धव खरेल, वसन्त भूमि, विमल आचार्य र विष्णुराज सुवेदी चयन भएका छन् ।
नयाँ कार्यसमितिलाई कार्यक्रमका प्रमुख अतिथि नेपाल छापाखाना तथा सम्बद्ध श्रमिक संघ कान्तिपुर पब्लिकेशन लिमिटेडका केन्द्रीय अध्यक्ष अर्जुन पाठकलले खादा तथा अबिरले बधाई दिएका थिए । केन्द्रीय अध्यक्ष पाठकले कान्तिपुर पब्लिकेशनलाई यहाँसम्म ल्याई पु¥याउन कर्मचारीहरुको भूमिका महत्वपूर्ण रहेको भन्दै आगामी दिनमा पनि यस्तै भूमिका निर्वाह गर्नुपर्ने बताए । उनले कर्मचारीले आफ्नो भूमिका निर्वाह गर्ने र सोही अनुसार आफ्नो हकअधिकार खोज्ने बताए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट