नारायणी नमुना माविको अध्यक्षमा पुनः थापा

भरतपुर, ११ फागुन ।
देशकै उत्कृष्ट शैक्षिक संस्थाको रुपमा स्थापित भरतपुरस्थित नारायणी नमुना माध्यमिक विद्यालयको अध्यक्षमा पुनः टेकबहादुर थापा निर्विरोध निर्वाचित भएका छन् । बिहीबार विद्यालयमा सम्पन्न अभिभावकहरुको बृहत् भेलाले थापाको अध्यक्षतामा नयाँ विद्यालय व्यवस्थापन समिति गठन गरेको हो ।

समितिको सदस्यमा मेघनाथ सुवेदी, राधा न्यौपाने दवाडी, सीता बोट, विजया लम्साल, रामु ज्ञवाली रहेका छन् । विद्यालय व्यवस्थापन समितिको सदस्यमा भरतपुर १० का वडाध्यक्ष परमेश्वर खनाल र सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक पूर्णप्रसाद दवाडी रहेका छन् ।
भेलाले नवराज मरहट्टाको अध्यक्षतामा शिक्षक अभिभावक संघ गठन गरेको छ । संघको सदस्यमा प्रकाश तिवारी, सन्तोष देवकोटा, प्रतिमा अधिकारी, जनार्दन ढकाल, डोलेश्वर भट्टराई, बलराम खनाल चयन भएका छन् ।

बिहीबार सम्पन्न अभिभावक भेलामा भरतपुर १० का वडाध्यक्ष परमेश्वर खनाल, भरतपुर महानगरपालिका शैक्षिक प्रशासन महाशाखाका अधिकृत (विद्यालय निरिक्षक) ऋषिराम शर्मा, भरतपुर महानगरपालिका शिक्षा समितिका सदस्य बाबुराम दवाडी, विद्यालय व्यवस्थापन समितिका पूर्वपदाधिकारी एवं सदस्यहरु, पूर्व सल्लाहकार समितिका पदाधिकारी एवं सदस्यहरु र अभिभावकको उल्लेख्य सहभागिता रहेको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट