ग्याङस्टर फिल्म २.० छड्केको ट्रेलर सार्वजनिक

भरतपुर, १० फागुन
अधिकांश दृश्य चितवनमा छायाँकन गरिएको बहुप्रतीक्षित नेपाली चलचित्र २.० छड्के को ट्रेलर आज सार्वजनिक गरिएको छ । अनमोल केसी अभिनीत ग्याङस्टर फिल्म २.० छड्केको ट्रेलर बुधबार बेलुकी ७ बजे बुढासुब्बा युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

यो फिल्म फागुन १९ गतेदेखि प्रदर्शन हुँदैछ।

सार्वजनिक ट्रेलरमा मनाङको स्याउदेखि यार्सागुम्बा व्यापारमा हक जमाउन खोज्ने सानाठूला ग्याङबीच द्वन्द्व देखाइएको छ।

निगम श्रेष्ठको लेखन तथा निर्देशनमा बनेको फिल्ममा अनमोलसँगै रोविन तामाङ, कमलमणि नेपाल, देवकुमार श्रेष्ठ, सिर्जना सुब्बा, रेशा आले मगर, सन्तोष मिजार, इफान अली, चिरञ्जिवी अधिकारी तथा स्वयं निर्देशक श्रेष्ठको समेत अभिनय छ ।

काभ्रे फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्ममा मेधा प्रोडक्सन र निर्भाना फिल्म स्कुलले सहकार्य गरेका छन्। निर्मातामा प्रशान्त गिरी र देवकुमार श्रेष्ठ छन्। मास्को सिंह र राजेन्द्र सापकोटाले छायाँकन गरेको फिल्मलाई रवि चौधरी र लोकेश बज्राचार्यले सम्पादन गरेका हुन्।

बुधबारै २.० छड्केको अडियो एल्बम पनि सार्वजनिक भएको छ। ६ हिपहप गीत समावेश एल्बमले फिल्मको कथा र पात्रहरूको मनोभाव र परिस्थिति बोल्छ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट