भरतपुर, ५ फागुन ।
भरतपुरस्थित अर्किड स्कूलको १२औं वार्षिकोत्सव तथा अभिभावक दिवस मानवको छ । चितवनका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको हो ।
संचालक समितिका अध्यक्ष आकाश पौडेलको अध्यक्षतामा सम्पन्न समारोहमा विशिष्ट अतिथि राष्ट्रिय भूमि आयोगका जिल्ला अध्यक्ष बद्री तिमिल्सिना, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख रामेश्वर कार्की, प्याब्सन चितवनका अध्यक्ष कीर्तिनिधि अर्याल, वडा नम्बर १० का वडाध्यक्ष परमेश्वर खनाल, शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख भूमिलाल सुवेदी, भरतपुर महानगर प्याब्सनका अध्यक्ष लेखनाथ खनाल, भरतपुर महानगर संस्थागत विद्यालय अभिभावक संघका अध्यक्ष भोजराज न्यौपाने, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुराम खनाल रहेका थिए ।
कार्यक्रममा विद्यालयका सह-प्राचार्य ओमराज मैनालीले स्वागत मन्तव्य राखेका थिए भने प्राचार्य डा. खेम आचार्यले शैक्षिक प्रतिवेदन पेश गरेका थिए ।
उक्त समारोहमा वार्षिक मुखपत्र ‘सुनगाभा: विशेषांक -७’ लोकार्पण गरिएको थियो । यसैगरी, जेष्ठ अभिभावकहरुलाई सम्मान गरिएको थियो । कार्यक्रमको मुख्य आकर्षणमा ‘ह्याण्डिक्य्राफ्ट एक्स्पो’, ‘फुड फेस्ट’ ‘विज्ञान प्रदर्शनी’ लगायत रहेका थिए ।
सांस्कृतिक कार्यक्रम अन्तर्गत विद्यार्थीहरुले गायन, नृत्य, नाटक आदि प्रस्तुत गरेका थिए । स्काउट ट्रुपको मार्च पास र तेक्वाण्डो खेलाडीका रोमान्चक प्रस्तुतिले कार्यक्रमको रौनकता थपेको थियो । साथै, विशेष पुरस्कारद्वारा विभिन्न विद्यार्थीहरु पुरस्कृत भएका थिए ।
औपचारिक सत्र र सांस्कृतिक कार्यक्रम क्रमश: शिक्षकद्वय मनोज पन्त र प्रतीक्षा श्रेष्ठले गरेका थिए ।




