‘बहाव’ काे प्रदर्शन मिति चैत २४ गते

भरतपुर, ५ फागुन ।
`जिज्ञासा, विचार अनि यथार्थको कथा’ भनिएकाे नेपाली कथानक चलचित्र ‘बहाव’ले रिलिज मिति तय गरेकाे छ । निर्माण पक्षले फर्स्टलुक पाेस्टर सार्वजनिक गर्दै आगामी चैत २४ लाई प्रदर्शन मिति ताेकिएकाे जानकारी दिएकाे हाे ।

अभिनेत्री सुरक्षा पन्त र अभिनेता कमलमणि नेपाल अभिनित फिल्म ‘बहाव’ अगामी चैत २४ गतेबाटकाे मुख्य भूमिका रहेकाे चलचित्रलाई स्वर्णिम इन्टरटेनमेन्ट र योङ स्टार सिनेमाले निर्माण गरेकाे हाे ।

प्रमोद कँडेलको लेखन निर्देशन रहेको फिल्मको फस्टलुकमा अभिनेत्री सुरक्षाले सुगासहितको पिँजडालाई हातमा लिएर उभिएकी छन् । पोस्टरमा सुरक्षाले पृष्ठभूमिमा देखिएको ऐनामा नहेरी हातमा रहेको पिँजडाभित्रको सुगामा आफ्नो प्रतिबिम्ब खोजिरहेको देख्न सकिन्छ ।

निर्देशक कँडेलले फिल्म ‘बहाव’ नयाँ चिजको खोजीमा भइरहेको अवस्थाको विद्रोह रहेको बताएका छन् । उनले पोष्टरमा फिल्मको थिमलाई प्रस्तुत गरिएको खुलाए ।

फिल्मका निर्माता श्रीधर पौडेल हुन् । फिल्ममा सुरक्षा र कमलमणिसँगै अफरान अली, सूर्य शर्मा भट्ट, इश्वरी सिंह, हीरालाल कँडेल र पवन श्रेष्ठको अभिनय छ ।  सुजन बडालको सम्पादन, वसन्त सापकोटा, सुशान्त गौतम र रिकेश गुरुङको सङ्गीत फिल्ममा छ । फिल्मलाई आरआर फिल्मस्ले वितरण गर्दैछ ।

चलचित्रले  ‘जिज्ञासा, विचार अनि यथार्थको कथा’लाई बाेकेकाे कलाकार सूर्य शर्मा भट्टले बताए । केही फरक कथा भएकाेले पनि यसलाई प्रतीक्षा गर्नुपर्ने उनले बताए । पेशाले प्राध्यापक रहेका भट्टले केही चलचित्र तथा केही लघु चलचित्रमा अभिनय गरेका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट