समलाई सम्झँदै गैंडाकोटमा कविता वाचन

गैँडाकोट, २४ माघ ।
नेपाली नाट्यसम्राट बालकृष्ण समको १२१औँ जन्मजयन्तीका अवसरमा बालकृष्ण समको व्यक्तित्व, कृतित्व र योगदानको चर्चा सहित त्रिवेणी साहित्य परिषद् नवलपुरले मंगलवार गैंडाकोटमा कविता वाचन कार्यक्रम गरेको छ ।

वरिष्ठ साहित्यकार गोविन्दराज विनोदीको प्रमुख आतिथ्यमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै विनोदीले नेपाली वाङ्मयका विशिष्ट साधक बालकृष्ण समले कविता, नाटक, कथालगायत विधामा उत्कृष्ट कृति रचना गरी नेपाली वाङ्मयको क्षेत्रमा विशिष्ट योगदान दिएको बताए । कवि विनोदीले समको स्मृतिमा कविता वाचन पनि गरेका थिए । कार्यक्रमका अर्का सहभागी प्राध्यापक एवं साहित्यकार रामहरि शर्मा सराहले सम राणावंशमा जन्मिएता पनि प्रजातन्त्र, न्याय अनि समानताका साथै राष्ट्र प्रति सधैँ चिन्तित रहने गरेको बताउँदै समको चित्रकारिता र अभिनयका क्षेत्रमा पनि उत्तिकै झुकाव रहेकोे बताए ।

परिषद्का कार्यवाहक अध्यक्ष अध्यक्ष इन्द्रराज पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा नाट्यकार मुकुन्द खलपात्र, धर्मानन्द शर्मा, मुना धनन्जय, टंकराज ढकाल, उदयराज रेग्मी, मुक्तिराम शर्मा र प्रेम अधिकारीले समको साहित्यिक योगदानबारे चर्चा गरे ।

कार्यक्रमलाई परिषद्का सचिव भीम शर्माले सहजीकरण गरेका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट