रोटरीद्वारा विद्यालयलाई टेलिभिजन, स्टेशनरी र खेलकुद सामग्री सहयोग

राप्ती, २४ माघ ।
रोटरी क्लब अफ पूर्वि चितवनले टेलिभिजन, स्टेशनरी सामान र सामग्री वितरण गरेको छ । ‘स्वार्थ भन्दा माथि सेवा’ भन्ने मुल नारा सहित राप्ती १ स्थित आधारभूत विद्यालय परेवाकोटलाई क्लबले ४३ इन्चको टिभी सहित सो सामग्री हस्तान्तरण गरेको हो ।

टेलिभिजनबाट विद्यार्थीहरुलाई पढाउन सजिलो हुने भएकोले हस्तान्तरण गरिएको क्लबका अध्यक्ष प्रमात कुमार सेढाईले बताए । आफूहरु १ महिना अगाडि उक्त विद्यालयमा जाँदा २ सय भन्दा बढी विद्यार्थी रहेको र पछि ५० जना भन्दा बढी विद्यार्थी घटेको उनले बताए । “यदी विद्यालयले टेलिभिजनबाट शिक्षण गर्‍यो भने विद्यार्थीहरु फेरि पढ्न विद्यालय फर्किने कुरा भएको हामीले जानकारी पायौँ”, उनले भने । विद्यालयलाई एक गैरसरकारी संस्थाले वाइफाइ जोडिदिएको उनले बताएका छन् ।

विद्यालय पहाडी क्षेत्रमा रहेको छ । त्यहाँ शौचालय कष्टकर भएकोले शौचालय निर्माणको लागि पनि सहयोग गर्ने अध्यक्ष सेढाईले बताएका छन् । रोटरीले एउटा विद्यालयलाई अपनाउनुपर्ने भन्दै उनले सोहि विद्यालयलाई अपनाउने निर्णय भएको बताए ।

क्लबकी सदस्य सरोजा पौडेलले आफ्नो बुबा कुलानन्द भण्डारीको स्मृतिमा टेलिभिजन सहयोग गरेकी हुन् ।

कार्यक्रममा क्लबका पूर्व अध्यक्ष (संस्थापक अध्यक्ष ) राममणी न्यौपाने, विद्यालयकी प्रधानाध्यापक लक्ष्मी वली, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आशमान चेपाङ, रोट्र्याक्ट क्लब अफ पूर्वी चितवनकी अध्यक्ष रोसिना उप्रेतीलगायत अन्य पदाधिकारीहरुको उपस्थिति रहेको थियो । अध्यक्ष सेढाई स्वयं सभापति रहेको कार्यक्रमको सञ्चालन क्लबका सदस्य दीपक रुवालीले गरेका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट