ज्योति क्लबको आयोजनामा गौरीगञ्जमा स्वास्थ्य शिविर हुँदै

भरतपुर, २५ पुस ।
भरतपुर- ८ मा रहेको ज्योति युवा क्लबले स्वास्थ्य शिविर गर्ने भएको छ । क्लबको आयोजना एवं मौलाकालिका अस्पतालको प्राविधिक सहयोगमा भरतपुर- ८ गौरीगञ्जमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । पुस ३० गते क्लबको प्राङ्गणमा शिविर सञ्चालन गरिने क्लबले पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो ।

शिविरमार्फत सम्बन्धित वर्गलाई लाभ होस् भन्ने उद्देश्यले त्यही वर्गलाई लक्षित गरेर सञ्चालन गर्न लागिएको क्लबका अध्यक्ष उमानन्द कंडेलले जानकारी दिए । शिविरमा अत्याधुनिक प्रविधि भएको भिडियो एक्सरे मेसिनको प्रयोगबाट पेटभित्रको बच्चा दुरुस्तै हेर्न मिल्ने, बच्चाको शारीरिक अवस्था थाहा पाउन सकिने, पानी नतानी सुई नलगाई क्यान्सर पत्ता लगाउन सकिने, पित्तथैली र मिर्गौलामा पत्थरी भए-नभएको हेर्न सकिने क्लबका अध्यक्ष कँडेलले बताए । शिविरमा भिडियो एक्सरे गर्दा ५० प्रतिशत छुटको व्यवस्था गरिएको उनले बताए ।

मौलाकालिका अस्पतालका विशेषज्ञ टोलीबाट जनरल मेडिसिन, स्त्री तथा प्रसूति रोग, बाल रोग, हाडजोर्नी तथा नशा रोग, थाइराइड, सुगर, प्रेसर सम्बन्धी परीक्षण तथा परामर्श गरिने आयोजकले जनाएको छ ।

क्लबका अनुसार महिला तथा बालबालिकालाई ध्यान नदिँदा स्वास्थ्य अवस्था भयानक बन्दै गएकाले बालबालिका र महिलालाई विशेष प्राथमिकतामा राखिएको छ । यस शिविरबाट करिब चार सय जनाले प्रत्यक्ष सेवा लिने आयोजनकको अनुमान रहेको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट