भरतपुर, २४ पुस ।
नेपाल पशुपन्छी औषधी बजार प्रतिनिधि संघ चितवनको अध्यक्षमा विष्णु बस्नेत चयन भएका छन् । शनिबार भएको तेस्रो अधिवेशन तथा साधारणसभाबाट बस्नेतको अध्यक्षतामा ११ सदस्यीय समिति चयन गरिएको हो ।
संघकाे उपाध्यक्षमा नवीन दाहाल, सचिवमा दयाराम कंडेल, कोषाध्यक्षमा जयराम नेपाल र सदस्यहरूमा दीपक गिरी, अविनाश गुप्ता, मिथलेसकुमार गिरी, ओमप्रकाश साह, दिनेश गौतम, जीवन कोइराला र सविन सुबेदी चयन भएका हुन् ।
नेपाल पशुपन्छी औषधी बजारप्रतिनिधि संघ चितवनमा ८० जना सदस्य रहेको र स्थापनादेखि पेशागत हकहितमा काम गरिरहेको नवनिर्वाचित सचिव दयाराम कंडेलले बताए । बजारमा आईपर्ने समस्या समाधान गर्न संघ सदैव काम गर्ने उनले बताए ।
निवर्तमान अध्यक्ष परशुराम न्यौपानेकाे अध्यक्षतामा भएको अधिवेशनमा सल्लाहकार महेश्वर ढकालकाे प्रमुख आतिथ्यमा रहेको थियो । ज्ञानेश्वर सामुदायिक वनको पिकनिक स्पोटमा भएको कार्यक्रमकाे सञ्चालन निवर्तमान सचिव रमेश पौडेलले गरेको थिए।





