क्यान्सर पीडित बालिकालाई लायन्सको सहयोग

भरतपुर, २२ असोज ।
बिरगंज महानगरपालिका वडा नम्बर १५ कि क्यान्सर पीडित ७ वर्षीय बालिका सपना कुमारी बिनलाई भरतपुरमा रहेका ११ वटा लायन्स क्लबलेले संयुक्तरुपमा आर्थिक सहयोग गरेका छन् ।

भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बिगत ६ महिनादेखि उपचाररत सपनालाई लायन्स कलस्टर ५ रिजन २१ जोन ४२/४३ भित्रका लायन्स क्लब अफ नारायणगढ मोडेल, भरतपुर मिट टाउन, चितवन युथ, नारायणी चौतारी, चितवन वाङ्गमय, चितवन युथ लेडिज, नारायणी सिटिलगायतका क्लबले क्यान्सर पीडित सपनालाई ३३ हजार नगद रुपैयाँ सहयोग गरेका हुन । डिष्ट्रिक्ट एक्जुकेटिभ चिफ लायन नवराज सापकोटा प्रमुख अतिथि रहेको कार्यक्रममा लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रीक्ट ३२५ आरका क्याबिनेट सेक्रेटरी राजेन्द्र गौतम बिशेष अतिथि रहेका थिए ।

सहयोग रकम हस्तान्तरण गर्दै कार्यक्रमका विशेष अतिथि गौतमले `हामी सेवा गर्छौँ´नारालाइ सार्थकता दिँदै लायन्स क्लबले गरेको कार्यको सराहना गर्दै नेपालभर रहेका अन्य लायन र लायन्स क्लबलाई क्यान्सर पीडित ७ वर्षकी सपनालाई सहयोग गर्न आग्रह गरेका थिए ।

कार्यक्रममा लायन्स लिडरहरु रामजी पौडेल, युवराज सुवेदी, कृष्णकुमार शर्मा कंडेल, हरिप्रिया रिजाललगायत लायन्सकर्मीको उपस्थिति रहेको थियो । लायन बोधनाथ सुवेदीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण लायन शोभाखर अधिकारीले गरेका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट