काठमाडौं, १९ असोज ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले यस वर्ष पनि दशैंको टीका लगाएनन् ।
परिवारका सदस्यहरु, छोरी, बुहारी, नाति–नातिनीले दशैंको टीका लगाए पनि प्रचण्डले भने टीका लगाइदिएनन् । विगतका वर्षहरुमा पनि प्रचण्डले परिवारका सदस्यलाई टीका लगाइदिने गरेका थिए । उनले आफूले भने टीका लगाउने गरेका थिएनन् ।
प्रचण्डकी छोरी गंगा दाहालले सार्वजनिक गरेको फोटोमा प्रचण्डले टीका लगाएका छैनन् । भरतपुर महानगरपालिकाकी मेयर समेत रहेकी प्रचण्डपुत्री रेणु दाहाल, अर्की छोरी गंगा दाहाल, बुहारी बिना मगरलगायतले टीका लगाएको सामाजिक सञ्जालमा साझा गरिएको छ ।
सशस्त्र युद्धका समयमा दशैंमा टीका नलगाए पनि पछिल्ला वर्षमा प्रचण्डको परिवारका सदस्यले दशैंको टीका लगाउने गरेका छन् ।





