मानव अधिकार तथा शान्ति समाज नवलपुरको अध्यक्षमा रिमाल

गैंडाकोट, १९ असोज ।
११सदस्यीय नयाँ नेतृत्व चयन गर्दै मानव अधिकार तथा शान्ति समाज नवलपुर शाखाको २२औं साधारणसभा एवम् अधिवेशन गैंडाकोटमा सम्पन्न भएको छ ।

समाजले जिल्ला सभापतिमा भानुभक्त रिमाल, उपसभापति मुना कुमारी धनञ्जय, सचिव कमल शर्मा, काेषाध्यक्ष शशिधर न्यौपाने, सहसचिव दयाप्रसाद रेग्मीसहित अन्य सदस्यलाई सर्वसम्मत चयन गरिएको हो ।

शाखा अध्यक्ष सुरेन्द्रराम अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि गैंडाकोट नगरपाकिकाका प्रमुख मदनभक्त अधिकारी रहेका थिए । कार्यक्रमको विशिष्ट अतिथिमा मानव अधिकार तथा शान्ति समाजका पूर्वकेन्द्रीय अध्यक्ष डाक्टर गङ्गाधर अधिकारी, समाजका केन्द्रीय सचिव बाबुहरि आचार्य, समाजका केन्द्रीय सदस्य माधवप्रसाद गौतम, समाजकै पूर्व केन्द्रीय सचिव राजेन्द्र पौडेल, पूर्व जिल्ला सभापति रामहरि शर्मालगायत नेपाली काङ्ग्रेस नगर सभापति बद्री सापकोटा, नेकपा एमाले नगर अध्यक्ष षडानन्द लामिछाने, नेपाली काङ्ग्रेस प्रदेश सभा क्षेत्रीय सभापति गोपाल सापकोटा र प्राध्यापक दीपेन्द्र पौडेललगायत थिए ।

शाखाका निवर्तमान उपसभापति देवराज भट्टराईको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण निवर्तमान सचिव भानुभक्त रिमालले गरेका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट