असोज २३ गते उम्मेदवारी दर्ता

काठमाडौं, १९ असोज ।
आउँदो मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन हुँदै छ । निर्वाचन आयोगले यसअघि नै कार्यतालिका सार्वजनिक गरिसकेको छ ।

दलहरूले समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको बन्दसूची पनि आयोगमा बुझाइसकेका छन् । त्यो बन्दसूचीलाई अन्तिम रूप दिने प्रक्रिया जारी छ ।

प्रत्यक्षतर्फ भने यही असोज २३ गते उम्मेदवारको मनोनयनपत्र दर्ता गरिने कार्यतालिका छ । उक्त दिन बिहान १० देखि बेलुका ५ बजेसम्म सम्बन्धित क्षेत्रस्थित निर्वाचन अधिकृतको कार्यालयमा आवश्यक कागजातसहित गएर मनोनयनपत्र दर्ता गराउन सकिने आयोगले जनाएको छ ।

सोही दिन बेलुका ५ देखि ७ बजेसम्म मनोनयनपत्र दर्ता गरिएको उम्मेदवारको सूची प्रकाशन गरिने कार्यतालिका छ ।

यस्तै, असोज २४ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने समय निर्धारण गरिएको छ ।

विभिन्न प्रक्रिया पूरा गरी असोज २६ गते दिउँसो १ देखि ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने कार्यतालिका छ । आयोगका अनुसार सोही दिन अपराह्न ४ देखि बेलुका ७ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ ।

मंसिर ४ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट