खैरहनी, १५ असोज ।
चितवनका स्रष्टाद्वय रामशरण थपलिया ` रमणजी शर्मा´ र रुद्रराज कँडेल `अमृत´द्वारा संयुक्तरुपमा लिखित कृति `पृथक पथ´को विमोचन भएको छ । उक्त कृति गीत, गजल, हाइकु र लोकगीत सङ्ग्रह हो । प्रमुख अतिथि वरिष्ठ साहित्यकार केशवराज अामोदीले कृतिको लोकार्पण गरेका हुन् ।
कार्यक्रममा भरतपुर महानगरपालिका प्रज्ञाप्रतिष्ठानका उपकुलपति इन्द्र रेग्मी, वुद्धिजीवि तथा राजनतिक व्यक्तित्व जेएन ( जगन्नाथ) थपलिया, उपन्यासकार गोकर्ण मल्ल, कवि हरिप्रसाद गजुरेल, केशवप्रसाद थपलिया र लेखक एवं प्राध्यापक चेतराज रेग्मीले विशिष्ट अतिथिको तर्फबाट शुभकामना सहित मन्तव्य व्यक्त गरेका थिए ।
कृतिकार रामशरण थपलियाको अध्यक्षतामा भएको कार्यक्रममा कवि राजेन्द्र घायलले लोकार्पित कृतिको समीक्षात्मक टिप्पणी प्रस्तुत गरेका थिए भने कार्यक्रम सञ्चालन उल्लासकान्त मैनालीले गरेका थिए ।
कार्यक्रममा गिरिराज डल्लाकोटी, मणिराम नेपाल, मनोज चौधरी, मञ्जु तामाङ, मञ्जु तामाङ, भवनाथ त्रिपाठी, स्मारिका नेपाल, कृष्ण भण्डारी, वास्तविक थपलियालगायतले रचना वाचन गरेका थिए ।





