सिम्रनको `झुमर´माथि हेटौंडामा विमर्श

हेटौंडा, १० असोज ।
आँचल साहित्य कला पुञ्ज मकवानपुरले दशैंतिहारका अवसरमा शुभकामना आदानप्रदान तथा पुस्तक चर्चा कार्यक्रम गरेको छ । चितवनकी लेखक सिम्रन क्षेत्रीको उपन्यास `झुमर´माथि विमर्श कार्यक्रम गर्दै शुभकामना आदानप्रदान गरेको छ ।

सोमबार भएको कार्यक्रममा पुस्तकमाथि वक्ताहरू घनश्याम घिमिरे, निरा शर्मा र छवि अनित्यले बोलेका थिए । आँचल साहित्य कला पुञ्जकी अध्यक्ष भावना सापकोटाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सर्जक सञ्जाल, मकवानपुरका संयोजक निमेष निखिल प्रमुख अतिथि तथा वरिष्ठ हास्यव्यङ्ग्यकार आरसी रिजाल विशिष्ट अतिथि रहेका थिए ।

कार्यक्रममा औपन्यासिक कृति झुमरका पाठकहरूको विचार समेत सुन्ने व्यवस्था गरिएको थियो । प्रगतिशील लेखक संघका केन्द्रीय सदस्य मसान उपासक, सुवास खनाल, देवराज तिवारी, प्रगतिशील लेखक संघ मकवानपुर अध्यक्ष श्रीराम अधिकारी, सिस्नुपानी मकवानपुर उपाध्यक्ष मीनप्रसाद लामिछानेलगायतले शुभकामना मन्तव्य तथा कृतिमाथि आफ्ना धारण राखेका थिए ।

समीक्षक घनश्याम घिमिरेले यस उपन्यासमा नौलोपन दिने प्रयास गरिएको, कथावस्तुलाई शीर्षकबीचमा व्यवस्थापन गरिएको तथा जाँदाजाँदै भन्दै कथा सुहाउँदो प्रस्तुति उपन्यासको अन्त्यतिर लेखकले उल्लेख गरिएको बताए । अप्ठेरो शब्दको प्रयोगभन्दा पनि सजिला शब्द वा भाषालाई अप्ठेरो स्थिति वा तरिकाले लेखनमा उतार्न सक्नु लेखकको मूख्य विशेषता भएको घिमिरेले बताए ।

वक्ता तथा पाठकहरूका जिज्ञासालाई उपन्यासकार क्षेत्रीले प्रष्ट पारेकि थिइन् । मकवानपुरमा महिलाहरूद्वारा स्थापित आँचलले मनै लोभ्याएको र यस्तो संस्था अन्यत्र नदेखेको क्षेत्रीले बताइन् ।

आँचलकी संस्थापक अध्यक्ष मुना अर्यालले पहिलो उपन्यासका लागि शुभकामना तथा उपन्यासमा पढेकी युवतीले प्रेममा अन्धो भएर नै सम्बन्धविच्छेदपछि पनि श्रीमानको सम्पत्ति नलिईकन बेगल बस्ने ईच्छाले नै उनलाई झुमरकी नायिकाका रुपमा प्रस्तुत गर्न सफल भएको बताइन् । कार्यक्रम समापनपछि उपन्यासकार क्षेत्रीलाई मायाको चिनो प्रदान गरिएको थियो ।

साहित्य संगम तथा सिस्नुपानी मकवानपुरको संयुक्त भवनमा सञ्चालित उक्त कार्यक्रम सविता तिमल्सिनाले सञ्चालन गरेकी थिइन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट