भरतपुर,९ असोज ।
चितवनमा टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । भरतपुर महानगरपालिका -२९ भतेरी जंगलमा आइतबार दिउँसो नारायणगढबाट जुगेडीतर्फ गइरहेको ना ८ ख ४५६२ नम्बरको टिप्परले जुगेडीबाट नारायणगढ तर्फ आइरहेको बागमती प्रदेश ०६–००१ प् ८५५१ नम्बरको स्कूटरलाई ठक्कर दिँदा स्कूटर चालक तनहुँको देवघाट गाँउपालिका ५ का ५१ बर्षिय बिक्रम तामाङको मृत्यु भएको हो । ठक्क्mरबाट घाइते भएका तामाङको उपचारको क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी विजयराज पण्डितले जानकारी दिए ।दूर्घटनामा संलग्न टिप्परका चालकलाई नियन्त्रणमा लिइएको प्रवक्ता पण्डितले बताए ।





