पूर्वमन्त्री विक्रम पाण्डेलाई चितवन- ३ बाट उम्मेदवार बनाउन नाम सिफारिस

भरतपुर, २८ भदौ ।
पूर्वमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय उपाध्यक्ष विक्रम पाण्डेलाई चितवन क्षेत्र नम्बर ३ बाटै उम्मेदवार बन्ने भएको छ । राप्रपा चितवनले पूर्वमन्त्री पाण्डेलाई क्षेत्र नम्बर ३ बाट सर्वसम्मत रुपमा सिफारिस गरेको छ । राप्रपा चितवनका अध्यक्ष रुद्रप्रसाद ढकालले पूर्वमन्त्री पाण्डेलाई यसपाली फेरी क्षेत्र नम्बर ३ बाट जिताउने गरी अभियान सुरु भएको बताए । प्रदेशतर्फ ३ (क) मा गिरिबहादुर तामाङ ज्ञानजंग, ३ (ख) मा प्रदेश सांसद तथा राप्रपाका केन्द्रीय सहमहामन्त्री रिना गुरुङको नाम सिफारिस भएको जानकारी दिए ।

ढकालका अनुसार क्षेत्र नम्बर ३ राप्रपाको बलियो जनआधार भएको क्षेत्र हो । राप्रपा चितवनका प्रवक्ता राजु भण्डारीले तत्कालिन क्षेत्र नम्बर ५ मा पूर्वमन्त्रीले गरेका कामले चुनाव जित्न सहज रहेको दाबी गरे । २०७० मा दोस्रो संविधानसभा चुनावमा गठबन्धन नहुदा पाण्डेले एमाले, कांग्रेस, माओवादी उम्मेदवारलाई पराजित गर्दै संविधानसभा सदस्य बन्नुभएको थियो । संविधानसभा सदस्यहुँदा माडीमा पक्की मोटरेबल पुलको योजना स्वीकृत गरेर ठेक्का लागेका थिए ।

२०७३ मा भूमिसुधार मन्त्रीहुँदा माडी, चनौली र खैरहनीमा नापी तथा मालपोत कार्यालय र माडीमा इलाका प्रशासन कार्यालय स्थापना भएका थिए । २०७४ मा चितवन राष्ट्रिय निकुञ्जहुँदै माडी जाने–आउने सुविधाप्राप्त बाटोमा उनकै पहलमा प्रवेश शुल्क निःशुल्क भएको थियो । उहाँको कार्याकालमा माडी चक्रपथ, रिउ करिडोर जस्ता दीर्घकालिन महत्वका योजनाहरु अगाडी बढेको भण्डारीले बताए । भरतपुर–२७ मेघौलीमा बेतरी खोलामा पुल, नारायणी तटबन्धन, रिउ तटबन्धन, मानव वन्यजन्तु द्वन्द व्यवस्थापनका लागि मेसजाली राख्नेलगायतका कामहरु भएका थिए । २०७४ मा गठबन्धनका कारण विजयी हुन नसकेका पाण्डे यसपाली जित्ने रणनीतिमा छन् ।

जनतासँग सजिलै घुलमिल हुने र सहज पहुँच भएका नेताको छवि बनाएका पाण्डेले वर्षौँदेखि माडी, मेघौली, जगतपुरलगायतका हालको ३ नम्बर क्षेत्रलाई आधार बनाउँदै समाजिक कामहरु समेत गर्दै आएका छन् । राप्रपा नवलपुरले नवलपुर १ बाट पनि प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनाउन सिफारिस गरेको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट