गैंडाकोट आयुर्वेद अस्पतालमा नयाँ समिति

गैंडाकोट, २७ भदौ ।
गैंडाकोट आयुर्वेद अस्पतालको व्यवस्थापन समिति गठन गरिएको छ ।
नयाँ मापदण्डअनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्थानीय स्वास्थ्य संस्था संचालन तथा व्यवस्थापन कार्यविधिले निर्धारण गरेको मापदण्डअनुसार नयाँ जनप्रतिनिधिसँगै समिति गठन भएको हो । २०७५ सालबाट स्थानीय तहसँग साझेदारी गरी सरकारीस्तरबाट सञ्चालनमा आउने नियामावली जारी भएसँगै अस्पतालको नयाँ समिति गठन भएको हो ।

समितिको संरक्षकमा गैंडाकोट नगरपालिका प्रमुख मदनभक्त अधिकारी, गैंडाकोट नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष प्रेम सापकोटा अस्पताल व्यवस्थापन समितिको अध्यक्ष रहेका छन् । सात सदस्यीय उक्त समितिमा वडा सदस्य, विद्यालय शिक्षक, स्थानीय उद्योग वाणिज्य संघ प्रतिनिधि, वडा सचिव र महिला स्वास्थ्य स्वयंसेविका उक्त समितिमा रहेका छन् । त्यस्तै औषधालय प्रमुख विष्णुप्रसाद पौडेल पदेन सदस्य रहेका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट