काठमाडौँ, २७ भदौ ।
चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चाङ्सु काठमाडौं आइपुगेका छन्।
करिब सयजनाको टोलीसहित उनी सोमबार दिउँसो सवा ३ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका हुन्।
चिनियाँ विशेष विमानबाट ९६ जनाको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै ली दिउँसो ३ बजे त्रिभुवन विमानस्थलमा अवतरण गर्ने छन्।
उनलाई स्वागत गर्न सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना र परराष्ट्र मन्त्रालयका सहसचिव लोकबहादुर थापासहितको टोली विमानस्थलमा पुगिसकेको छ।
ली विमानस्थलबाट सिधै होटल सोल्टी जानेछ।
त्यसपछि लीले नेपाली समकक्षी अग्नि सापकोटासँग अपरान्ह पौने ५ बजे संसद भवनमा भेटवार्ता गर्नेछन्।
सोमबार बेलुकी साढे ७ बजे उनको सम्मानमा सभामुख सापकोटाले सोल्टी होटलमा रात्रिभोज आयोजना गरेका छन्।





