अनसन बस्न धनगढी पुगे गोविन्द केसी

काठमाडौं, भदौ २७ ।

डा.गोविन्द केसी अनसन बस्न धनगढी पुगेका छन्। आज साँझदेखि अनसन बस्नका लागि उनी काठमाडौंबाट धनगढी प्रस्थान गरेका हुन्।

आफूले अघि सारेका ६ बुँदे मागको सम्बोधन नभएको भन्दै उनी अनसन बस्न धनगढीतिर पुगेको केसीका सहयोगी प्रितम सुवेदीले जानकारी दिए। धनगढीमा कहाँ बस्ने भन्ने अहिले नै फिक्स भइसकेको उनले बताए। उनी सोमबार बिहानको फ्लाइटमा धनगढी गएको उनले बताए।

केसीले १२ भदौमा पत्रकार सम्मेलन गर्दै ६ बुँदे मागसहित अनसनको घोषणा गरेका थिए। उनले स्वास्थ्य क्षेत्र र अन्य सरोकारका आफूले उठाएका माग सम्बोधन नभए भदौ २७ देखि अनसन सुरु गर्ने घोषणा यसअघि नै गरिसकेका छन्।

तोकिएको दरबन्दी अनुसारको क्षमताभन्दा बढी बेडमा चलिरहेका सरकारी अस्पतालहरूको दरबन्दी तत्काल हालको बेड संख्याअनुसार बढाइनुपर्ने, गुणस्तरीय स्वास्थ्य सेवा दिनुपर्ने, आधारभूत स्वास्थ्य सेवा निःशुल्क गरिनुपर्ने, स्थानीय निकायको बजेटको आधा हिस्सा स्वास्थ्य क्षेत्रमा लगानी गरिनुपर्ने, अवैधानिक स्वास्थ्य संस्थाहरूमाथि नियन्त्रण गरिनुपर्ने लगायतका माग उनले अघि सारेका छन्।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट