नागरिक हकहितका लागि संविधान संशोधन आवश्यक

गैंडाकोट, २५ भदौ ।
रानाभाट / भाट समाज नेपालको ५औं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । शनिवार गैंडाकोटको श्रीराम पार्टी प्यालेसमा सम्पन्न समाजको ५औं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नवलपुर क्षेत्र नम्बर १ का सांसद शशांक कोइरालाले देशैभरबाट रानाभाट तथा भाट समाज यसरी एकतागत रुपले एकीकरण हुन सफलभएकोमा केन्द्रीय समितिलाई शुभकामना दिए । कार्यक्रममा बोल्दै डाक्टर कोइरालाले अहिलेको संविधानमा केही संसोधन गर्दै अझै नागरिक हकहितका लागि आफू लागि पर्ने बताए ।

कार्यक्रममा गैंडाकोटनगरपालिकाका मेयर मदनभक्त अधिकारी, गण्डकी प्रदेश सभासद एवं सचेतक ओमकला गैरे, इतिहासबिद प्राडा राजाराम सुवेदी, रानाभाट/भाट समाजका संस्थापक सदस्य खडकबहादुर रानाभाट, नेपाली काङ्ग्रेस क्षेत्रीय सभापति अमृत भट्टचन, नेपाली काङ्ग्रेस जिल्ला सभापति महेन्द्रध्वज जिसि, नेपाली काँग्रेसका नवलपुरका सचिव हाेमराज रानाभाटलगायत अतिथिका रूपमा सहभागी थिए ।

रानाभाट / भाट समाज नेपालका केन्द्रीय अध्यक्ष बावुराम रानाभाटको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष नेत्रबहादुर रानाभाटले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमको संचालन महासचिव हरि रानाभाटले गरेका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट