गर्दासका विद्यार्थीलाई रोटरीले दियो शैक्षिक सामग्री

इच्छाकामना, २३ भदौ ।
रोटरी क्लब अफ नारायणी मिडटाउन र रोट्र्याक्ट क्लब अफ नारायणी मिडटाउनको संयुक्त आयोजनामा अन्तर्राष्ट्रिय साक्षरता दिवसको आवसर पारेर राष्ट्रिय मावि गर्दासमा स्टेसनरी तथा विद्यालय पोशाक वितरण गरिएको छ ।

आर्थिक अवस्था कमजोर भएका एवम् जेहेन्दार विद्यार्थीको मनोबल बढाउने उद्देश्यले पुस्तक तथा स्टेसनरी वितरण गरिएको क्लबकी अध्यक्ष श्वेता उपाध्यायले बताइन् । सबै किसिमका अवरोध र मिथ्यालाई तोड्दै गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई मुलधारमा ल्याउन ढिलो भएको उपाध्यायले गुनासो गरिन् । साक्षरता दिवसमा मात्र नभइ अन्य समयमा पनि शैक्षिक संस्थाहरुमा रोटरी क्लव अफ नारायणी मिडटाउनले सहयोग गरेको सम्झँदै आफूहरुको सहयोगले विद्यार्थीहरुको अनुहारमा खुसी देख्न पाउँदा सन्तुष्टिको अनुभव भएको उपाध्यायले सुनाइन् ।

कार्यक्रम संयोजक एवम् क्लबका उपाध्यक्ष भुपेन्द्र श्रेष्ठका अनुसार राष्ट्रिय मावि गर्दासमा छात्रा १२ र छात्र ८ गरि जम्मा २० जना गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई पुस्तक तथा स्टेशनरी दिइनुका साथै उनीहरुको कपाल काटिएको छ ।

कार्यक्रममा कोसिस यूनिसेक्स सलुन एण्ड एकेडेमीका अध्यक्ष रोटरीयन कोसिस राज क्षेत्रीको सौजन्यमा विद्यार्थीहरुको कपाल काटिएको हो ।

आफ्नो तर्फबाट ९० जनाभन्दा बढी विद्यार्थीहरुको कपाल काट्न पाउँदा अन्यन्तै खुसी लागेको र यस्ता गतिविधिमा जोडिन पाउँदा गौरवको महसुस हुने क्षेत्रीको भनाइ थियो ।

रोटरी क्लबले आफ्नो विद्यालयमा यस किसिमको कार्यक्रम आयोजना गरेकोले खुसी व्यक्त गर्दै विद्यार्थीहरुको दैनिक जीवनमा सिकाइको पाटोलाई सहज बनाउन भूमिका खेलेकोमा विद्यालयका सहायक प्रधानाध्यापक जनक सिम्खडाले धन्यवाद व्यक्त गरे ।
रोट्र्याक्ट क्लव अफ नारायणी मिड टाउनका अध्यक्ष हरिबहादुर बिकले शैक्षिक क्षेत्रमा विभिन्न संघसंस्थाहरुले आफ्नो उपस्थितिसँगै आवस्यकतालाई मध्यनजर गरि सक्दो सहयोग गर्नुपर्ने बताए ।

कार्यक्रममा रोटरी र महालक्ष्मी विकास बैंकको सहकार्यमा खानेपानी व्यवस्थापन गरिएको थियो ।

रोटरी र महालक्ष्मी विकास बैंक विगत ४ वर्षदेखि रोटरीले गर्ने कार्यक्रमहरुमा खानेपानी व्यवस्थापनमा सहकार्य गर्दै आइरहेका छन् ।

आज सम्पन्न कार्यक्रममा क्लवका सचिव दिपेश श्रेष्ठ, सर्भिस प्रोजेक्ट चेयर रोटरीयन गोपाल भन्डारी, न्यु जेनेरेशन चेयर रोटरीयन रामचन्द्र लम्साललगायत रोटर्याक्टर र हेयर ड्रेसर, महालक्ष्मी विकास बैंकका कर्मचारीलगायतको उपस्थिति रहेको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट