प्रचण्डविरुद्ध चुनाव लड्न नेकपा एमालेका न्यौपाने सिफारिस

भरतपुर,१९ भदौ ।

आगामी मंसिर ४ गते हुने निर्वाचनमा चितवन क्षेत्र नं ३ बाट संघीय सांसदको लागि नेकपा एमालेबाट रामप्रसाद न्यौपानेको नाम सर्वसम्मत सिफारिस भएको छ । आइतबार बसेको क्षेत्रीय समन्वय समितीको बैठकले न्यौपानेको नाम सर्वसम्मत सिफारिस गरेको जिल्ला उपसचिव प्रकाश ढुङगानाले बताए । न्यौपाने नेकपा एमाले चितवनका अध्यक्ष हुन् ।

चितवन ३ बाट २०७४ को प्रतिनिधिसभा निर्वाचनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड” निर्वाचित बनेका थिए । बाम गठबन्धनको तर्फबाट चितवन–३ बाट प्रचण्डले नेपाली कांग्रेसको समर्थनमा लोकतान्त्रिक गठबन्धनबाट उम्मेद्वार बनेका राप्रपाका केन्द्रीय उपाध्यक्ष विक्रम पाण्डेलाई पराजित गरेका थिए । यसपटक पनि प्रचण्ड सोही निर्वाचन क्षेत्रबाट उम्मेदवार बन्ने घोषणा गरिसकेका छन्।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट