बोस्टन कलेजमा असार ३० र ३१ गते `बोस्टन फियस्टा´ हुँदै

भरतपुर, २३ असार ।
भरतपुरस्थित बोष्टन कलेजमा ‘बोस्टन फियस्टा’ हुने भएको छ । कलेजमा स्नातक र स्नातकोत्तर अध्ययनरत विद्यार्थीहरुले प्रत्येक वर्ष आयोजना गर्दै आएको ‘बोस्टन फियस्टा’ यस वर्ष पनि हुन लागेको हो । आगामी असार ३० र ३१ गते दुई दिन उक्त कार्यक्रम हुन लागेको हो ।

बिहिबार कलेजमा आयोजित पत्रकार सम्मेलनमार्फत कार्यक्रमको बारेमा जानकारी दिइएको छ । विद्यार्थीहरुलाई व्यवस्थापन विषयमा व्यवहारिक ज्ञान सिकाउने उदेश्यले आयोजना गर्न लागिएको ‘बोस्टन फियस्टा’ मा विभिन्न कार्यक्रम संचालन हुनुका साथै विद्यार्थीहरुले आफ्नो कला प्रर्दशन गर्नेछन् ।

यसअघि २०१८ र २०१९ मा ‘बोस्टन फियस्टा’ कार्यक्रम सम्पन्न भइसकेको छ । त्यसपछिका दुई वर्ष कोरोनाका कारण कार्यक्रम हुन सकेको थिएन । दुई वर्षपछि हुन लागेको कार्यक्रमलाई विशेष रुपमा सम्पन्न गर्न लागिएको कार्यक्रम संयोजक सुभास अर्यालले बताए ।

 

`विद्यार्थीद्धारा आयोजित कार्यक्रममा विद्यार्थीहरुलाई नै लक्षित गरेर विभिन्न व्यवसायिक स्टलहरु राखिनेछन्, स्टलहरू ट्रेड, फुड र गेम गरेर तीन प्रकारका हुनेछन्´ अर्यालले भने -`कार्यक्रममा विभिन्न संस्कृतिका पोसाकमा सजिएर विद्यार्थीहरूले प्रस्तुति दिनेछन् ।´

अर्यालका अनुसार कार्यक्रममा १५ वटा स्टल रहनेछन् । ती मध्ये कलेजका विद्यार्थीहरुका आठवटा फुड स्टल रहनेछन् । यस्तै अन्य व्यवसायीहरुका लागि पाँचवटा स्टल छुट्टाईएको छ । ट्राफिक सचेनतामुलक सन्देशसहित जिल्ला ट्राफिक कार्यालयका लागि तीनवटा स्टल छुट्टाईएको अर्यालले बताए ।

उनका अनुसार ‘एन्टी स्मोकिङ क्याम्प’ का लागि र सचेतनामुलक कार्यक्रमका लागि महानगरलाई एक-एक वटा स्टल उपलब्ध गराइनेछ । पहिलो दिन नै सुरज शाक्य र अभिषेक बरियाले व्यत्तित्व विकास सम्बन्धी प्रशिक्षण पनि दिनेछन् । पहिलो दिन नै कक्षा ११ र १२ का विद्यार्थीहरुबीच नृत्य प्रतियोगिता हुनेछ भने विद्यार्थीहरुको गायन प्रस्तुति पनि रहनेछ । यस्तै विद्यार्थीहरुले विभिन्न सांस्कृतिक भेषभुषामा र्‍याम्प वाक गर्नेछन् ।

कार्यक्रमको प्रचारप्रसारका लागि नारायणी किनार, सौराहा गैंडाचोक र पर्साचोकमा विभिन्न झलकहरु प्रस्तुत गरिने छ । ‘बोस्टन फियस्टा’ को दोस्रो दिन असार ३१ गते कलेजका विद्यार्थीको प्रस्तुतिका साथै विभिन्न राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहनेछ । कार्यक्रममा लोकप्रिय गायिका रचना रिमालको प्रस्तुतिका साथै स्थानीय शब्दार्थ व्यान्ड, कटाव व्यान्ड, टेबुलेमुनीको टोली, स्ट्यान्डअप कमेडी र डिजेको समेत मनोरन्जन र सांगीतिक प्रस्तुति रहने आयोजकले जनाएको छ । कार्यक्रमको पहिलो दिन सुरज शाक्य र अभिषेक बरियाद्धारा व्यक्तित्व विकास कार्यक्रम समेत अयोजना गरिएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट