राप्ती जेसिजद्वारा नव-निर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत तथा सम्मान

चितवन, ११ जेठ ।

राप्ती जेसिजले नगरपालिकाका नव-निर्वाचित जनप्रतिनिधिहरूलाई स्वागत तथा सम्मान गरेको छ । बुधबार खुरखुरेस्थित नन्दनी पार्टी प्यालेसमा एक कार्यक्रमको आयोजना गरि राप्ती नगरपालिकाका नव-निर्वाचित जनप्रतिनिधिहरूलाई स्वागत तथा सम्मान गरिएको हो ।

जेसिजले राप्ती नगरपालिकाबाट निर्वाचित भएका प्रमुख, उपप्रमुख तथा वडा अध्यक्षहरूलाई माला तथा फूलका गुच्छाले सम्मान गरेको हो । राप्ती नगरपालिकाका उपप्रमुख देवेन्द्र लामाको प्रमुख आतिथ्यतामा कार्यक्रम सञ्चालन गरिएको थियो । उपप्रमुख लामाले निर्वाचित भएसँगै आफूहरू जनताको सेवक बनेको बताए ।

“हामीले अब जनताको सेवक रही राप्तीलाई विकासतर्फ बढाउनेछौं”, कार्यक्रममा बोल्दै उनले भने, “तुलनात्मक रूपमा राप्तीको पहाडी भेगमा विकास कम भएको छ । त्यस भेगलाई विकासतर्फ अगाडि बढाउनु हाम्रो मुख्य उद्देश्य हुनेछ ।” वडा र नगरलाई समृद्ध बनाउन युवाशक्तिको परिचालन आवश्यकता रहेको उनको भनाइ थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट