रूसबाट कुनै पनि समय कच्चा तेल आपूर्ति रोक्नुपर्ने जोखिमलाई ध्यानमा राख्दै जर्मन सरकारले त्यसको विकल्पको तयारी गरेको छ ।
आपतकालीन आवश्यकतालाई पूर्ति गर्नसक्ने क्षमतासहित जर्मनले कच्चा तेलको विकल्पका लागि काम गरेको जर्मन अधिकारीहरूलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यम रोयर्टसले समाचार लेखेको छ ।
जर्मनको यस्तो तयारीको नेतृत्व त्यहाँको वित्तीय मामिला हेर्ने मन्त्रालयले गरेको छ । युरोपको सबैभन्दा ठूलो आर्थिक शक्तिका रुपमा रहेको जर्मनीका लागि स्टील, प्लास्टिक र कार उत्पादनका लागि कच्चा तेल र ग्यासको आपूर्ति निकै महत्त्वपूर्ण छ ।
जर्मनमा खपत हुने कच्चा तेल ग्यासको ५५ प्रतिशत रूसबाट आपूर्ति हुने गरेको छ । पश्चिमा देश नेतृत्वमा रहेको अमेरिकालगायत देशले रूसमाथि आर्थिक प्रतिबन्द लगाएको अवस्थामा पनि जर्मनले रूसबाट कच्चा तेल आपर्ति नरोक्दा युक्रेनविरुद्ध रूसले गरेको आक्रमणका लागि आवश्यक आर्थिक स्रोत जुटेको भन्दै जर्मनीको कदमको पश्चिमा देशका केही आलोचकले आलोचना गरेका छन् ।
जर्मनीले पनि आफू रूसबाट ग्यास र कच्चा तेलको आपूर्तिमा निर्भर हुन नचाहेको बताएको छ । आफूले रूसबाट कच्चा तेलको आपर्ति गर्न नचाहे पनि सन् २०२४ को मध्यअघि आफूसँग रूसको विकल्प नहुन जर्मनीको दाबी छ ।
जर्मनका अधिकारीहरू रूसबाट हठत रुपमा ग्यास आपूर्ति रोकिन सक्ने सम्भावनाका विषयमा आफूहरू अस्पष्ट रहेको बताउँछन् । मस्कोमाथि युरोपले लगाएको आर्थिक प्रतिबन्धको समर्थन गरे पनि युरोपले रूसबाट आपूर्ति गर्ने ग्यासमाथि लागेको प्रतिबन्ध हटाउने जर्मनीको चाहना रहेको देखिन्छ ।
तर उनीहरूलाई रूसले एकतर्फी हिसाबमा ग्यास आपूर्ति रोक्न सक्ने डर छ । युरोप र अमेरिकाले आफूमाथि लगाएको आर्थिक प्रतिबन्ध खेप्न सफल भएको खण्डमा रूसले एकलौटी हिसाबमा ग्यास आपूर्ति रोक्नसक्ने जर्मनीलाई डर छ ।