राप्रपाबाट राप्तीको मेयरका लागि मनोज अधिकारी छानिए

राप्ती, १० वैशाख ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट राप्ती नगरपालिकाको मेयरमा मनोज अधिकारी चयन भएका छन् । त्यस्तै उपमेयरमा मिरा कुमारी बर्तौला चयन भएकी हुन् ।

शनिबार बसेको नगर समिति र वडा समितिको बैठकले मेयर र उपमेयरमा सर्वसम्मत चयन गरेको हो । त्यस्तै बैठकले राप्ती नगरपालिकाको ११ वटा वडामा स्थानीय निर्वाचनको लागि उम्मेदवार चयन गरेको छ ।

राप्ती नगरपालिका वडा नम्बर १ मा हर्क तामाङ, वडा-२ मा काशीराज पाठक, वडा-३ मा मीन बहादुर रिजाल, वडा-४ मा कृष्ण कुमार सेढाई, वडा-५ मा राजकुमार थपलिया, वडा-६ मा सन्जय चौधरी, वडा-७ मा बलराम तामाङ, वडा-८ मा गोपाल पाण्डे, वडा-९ मा पदम बहादुर श्रेष्ठ, वडा-१० मा मोतीराम प्रजा र वडा-११ मा मोतीलाल प्रजालाई वडाध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो । ११ वटा वडाका लागि वडा सदस्य उम्मेदवारहरुको चयन पनि समितिले गरिसकेको छ ।

राप्ती नगरपालिकाको बाँकी वडा-१२ र १३ मा भने राप्रपाले अहिलेसम्म उम्मेदवार चयन गरिसकेको छैन । यी दुईवटा वडाको उम्मेदवारहरु चयनको लागि छलफल भइरहेको राप्रपा राप्ती नगर अध्यक्ष गोपाल पाण्डेले बताए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट