नेपाल र भारतको जस्तो सम्बन्ध विश्वमै भेटिँदैन -मोदी

भरतपुर, १९ चैत ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल र भारतको जस्तो सम्बन्ध कतै नभएको बताएका छन् । शनिबार नयाँदिल्लीस्थित हैदराबाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुई देशको सभ्यता, संस्कृति र आदानप्रदानको धागो प्राचीन कालबाटै जोडिएको बताएका हुन् ।

उनले पत्रकार सम्मेलनमा भने, ‘भारत र नेपालबीचको मित्रता, हाम्रा नागरिकबीचको सम्बन्धजस्तो उदाहरण विश्वमै कहीँ देख्न पाइँदैन ।’
मोदीले सम्बोधनका क्रममा अगाडि भने, ‘अनादिकालदेखि हामी एक अर्काका सुख-दु:खका साथी रहेका छौँ ।’

यसअघि दुवै देशका प्रधानमन्त्रीले जयनगर-कुर्था रेल, सोलु करिडोर प्रसारण लाइन, डिजिटल भुक्तानी ‘रुपे’ उद्घाटन गरेका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट