भरतपुर, १८ चैत ।
भरतपुर- १२ चितवनस्थित ग्रीनल्याण्ड पब्लिक स्कुलमा कक्षा ९ मा अध्ययनरत विद्यार्थीले देवघाटस्थित देवघाटधाम समाज कल्याण परिषद वृद्धाश्रमका ३५ जना ज्येष्ठ नागरिकलाई आफ्नो खाजा खर्च कटाएर फलफूल वितरण तथा नगद हस्तान्तरण गरेका छन् ।
जीवनको उत्तरार्द्ध चरण कस्तो हुन्छ ?, बुढ्यौलीले छोए पछिको मनस्थिति कसरी परिवर्तित हुन्छ ? भन्ने विषयको सुक्ष्म अध्ययनका लागि आयोजना गरिएको अवलोकन भ्रमणको क्रममा विद्यार्थीहरुले स्वस्फूर्तरुपमा मानवीय सेवाको भावना दर्शाएका हुन् ।
कार्यक्रममा ६६ जना विद्यार्थीहरुकोसाथमा स्कुलकी प्राचार्य इन्दिरा कार्की, परीक्षा संयोजक हरि सुवेदी, शिक्षकद्वय इन्द्रनारायण श्रेष्ठ, कृष्णहरि कोइरालाको उपस्तिथि रहेको थियो ।
विद्यार्थीहरुले ज्येष्ठ नागरिकसँग अन्तरक्रिया समेत गरेका थिए । यस्तो किसिमको कार्यक्रमले कलिला मस्तिष्कमा संस्कार, मानवीय सेवा एवम् नैतिक शिक्षा मिल्ने स्कुलकी प्राचार्य इन्दिरा कार्कीले बताईन् ।





