भरतपुर,१७ चैत ।
मिडिया स्पेस सोलुसन्स् प्रा. लि. र फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्टस् प्रा. लि. को संयुक्त आयोजनामा प्लास्टिक, पेपर, प्रिन्टिङ, प्याकेजिङ र प्रोसेसिङ सम्बन्धि बृहत अन्तराष्ट्रिय प्रदर्शनी नेपाल फाइभ पीको शुभारम्भ गरिएको छ । प्रदर्शनीको बागमती प्रदेश उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री माननीय मिलन बाबु श्रेष्ठ र चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलले संयुक्त रुपमा रिबन काटेर उद्घाटन गरेका हुन् ।
उद्घाटन गर्दै मन्त्री श्रेष्ठले प्लास्टिक, पेपर, प्रिन्टिङ, प्याकेजिङ र प्रोसेसिङको क्षेत्रमा उद्योग सञ्चालन गर्न चाहनेहरुको लागि यो प्रदर्शनी निकै उपयोगी हुने बताए । उनले यस्ता खाले प्रदर्शनी चितवनमा आयोजना भईरहँदा चितवनको आर्थिक क्षेत्रमा समेत ठूलो टेवा पुग्ने समेत बताए । प्रदर्शनी अवलोकनका क्रममा मन्त्री श्रेष्ठले प्रदर्शकहरुसँग उत्पादनका बारेमा जिज्ञासा सहित जानकारी लिएका थिए । प्रदर्शनी अवलोकन पश्चात मन्त्री श्रेष्ठ र चितवन उद्योग संघका पदाधिकारी एवम् सदस्यहरुबीच छलफल समेत भएको थियो ।
छलफलमा चितवन उद्योग संघका उपाध्यक्षहरु गजेन्द्र अधिकारी, युग राज वस्ती, मदन चिरञ्जीवी पोखरेल, कार्यसमिति सदस्य दण्डपाणी भट्ट, पार्वती सुवेदी कुँबर, महिला उद्यमी मञ्चकी सदस्य अम्बिका धिताल, युवा उद्यमी मञ्चका सदस्य अश्विन गोले, मिडिया स्पेश सोलुसनका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।
यसअघि लुम्बिनी प्रदेश उद्योग परिसंघका अध्यक्ष एजाद आलाम, रुपन्देही उद्योग संघका निवर्तमान अध्यक्ष गणेश प्रसाद अधिकारी सहितको टोलीले प्रदर्शनीको अवलोकन गरेका थिए। प्रदर्शनीको अवलोकन पश्चात छलफल समेत गरिएको थियो । छलफलमा चितवन उद्योग संघका निवर्तमान अध्यक्ष राजु पौडेल, उपाध्यक्षहरु सूर्य प्रसाद न्यौपाने, मदन घिमिरे, युग राज वस्ती, कार्यकारी निर्देशक गणेश प्रसाद सिलवाल, कार्यसमिति सदस्य गोपाल प्रसाद गैरे, सञ्चार अधिकृत राजु भट्ट लगायतको उपस्थिति रहेको थियो ।
चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलले स्वागत सहित संघको गतिविधिका बारेमा जानकारी गराउनु भएको छलफल कार्यक्रमलाई चितवन उद्योग संघका कार्यकारी निर्देशक गणेश प्रसाद सिलवालले सञ्चालन गरेका थिए ।
स्वदेशी तथा विदेशी गरी १२० भन्दा बढि कम्पनीहरुको स्टल रहेको प्रर्दशनीमा प्लाष्टिक प्रोसेसिङ्ग मेशिनरीका उत्पादकहरु, स्क्रिन प्रिन्टिङ्ग, कन्टेनर, बिब कक, ईण्डक्सन मोल्डिङ्ग मेशिन, प्रिन्टिङ्ग मेशिन, टेप, प्लाष्टिक हिटर, अफिस स्टेशनरी मेशिनरी, प्रिन्टिङ्ग स्पेर पार्टस, पेपर मेशिनरी, पेपर कप मेसिशनरी, सबै खालका कागज र स्पेर पार्टस्, सिलाई मेशिनरी उत्पादकहरु, प्याकेजिङ्ग मेशिनरी, ¥याप फिल्म उत्पादक, लेबल उत्पादक, कोरुगेटेड बक्स उत्पादक र अन्य थुप्रै उत्पादकहरुको सहभागिता रहेको छ ।




