राप्ती, १७ चैत ।
राप्ती नगरपालिकामा बन्दुक भेटिएको छ । राप्ती- ६ धमौरास्थित चर्च अगाडि गाडिएको अवस्थामा २ वटा बन्दुक र हड्डी फेला परेको छ ।
खानेपानीको पाइपलाइन विस्तार गर्ने क्रममा लगभग ६० सेन्टिमिटर मुनि प्लाष्टिक र पुरानो शर्टले बेरिएको अवस्थामा पुराना कटुवा बन्दुक र हड्डी फेला परेको हो ।
राज आलेले खाल्डो खन्ने क्रममा पोको भेटेका थिए । पछि खोल्दा पुरानो खिया लागेको अवस्थामा दुइवटा बन्दुक रहेको उनले बताएका छन् । बन्दुकसहितको पोको नजिकै हड्डी फेला परेको पनि उनले बताए । सो कुरा जानकारी पाउने बित्तिकै स्थानीय लोकेन्द्र श्रेष्ठले प्रहरीलाई जानकारी गराएका थिए ।
हड्डी के को हो भनेर पहिचान हुन सकेको छैन । हड्डी भेटिएको ठाउँमा खन्दा अरु केही नभेटिएकोले पहिचान हुन नसकेको प्रहरीले बताएको छ । प्रहरीले अनुसन्धान अगाडि बढाएको छ ।




